हिमपात पीडित किसानको ८७ लाख राहत बजेट खै ?

हिमपात पीडित किसानको ८७ लाख राहत बजेट खै ?

मुस्ताङ : मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभासभा सदस्य प्रेमप्रसाद तुलाचनले गत हिउँदमा हिमपातले आहत मुस्ताङ र मनाङका पशुपालक किसानलाई राहत वितरण कार्यमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तुलाचनले हिमपात पीडित किसानको नाममा विनियोजन गर्ने भनिएको ८७ लाख बजेट कहाँ अड्कियो भनी प्रश्न राखे।

गत वर्ष ८ पटकसम्म भारी मात्रामा हिमपात हुँदा उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका पशुपालक किसानका करिब ५ हजारभन्दा बढी भेडा, च्याङ्ग्रा, याक,चौरी लगायतका पशुचौपाय क्षति भएको थियो । क्षतिको प्रमाणिकरण स्थानीय प्रशासनले गरिसकेको स्मरणः गर्दै सांसद तुलाचनले पशु चौपाया प्रतिवेदनका प्रतिलिपिहरु प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र कृषि मन्त्रीलाई पठाएको भएपनि राहत वितरण गर्ने कार्यक्रमलाई कसले छेक्यो भनि प्रश्न गरे ? उनले हिमपात पीडित किसानलाई ६ महिना बितिसक्दासमेत राहत बाड्ने सुरसार नभएको प्रति दुख व्यक्त गर्दै यथाशिघ्र पहल गर्न सभामुखको ध्यानाकर्षण गराए।

‘म अत्यन्तै लज्जित भएको छु। जिल्लामा पुगेर मुख देखाउन लायक भइन ,’सांसद तुलाचनले भने‘ प्रदेशका मन्त्रीले मुस्ताङमा पुगेर राहत बाँडे, म भने जनतालाई आश्वासन मात्रै दिइरहेको छु।’

गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर थापा गत असारमा हिमपात पीडित किसानलाई राहत वितरण गर्न मुस्ताङ आएका थिए। उनले करिब ५ हजार किसानलाई ५० लाख राहत वितरण गरेका थिए। संघीय सरकारबाट राहत वितरण भएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.