साना आयोजनामा डोजर प्रतिबन्ध

साना आयोजनामा डोजर प्रतिबन्ध

जाजरकोट : कुशे गाउँपालिकाले एक करोडभन्दा कमका आयोजनामा डोजर र स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। साना आयोजनामा डोजर प्रयोग गर्दा स्थानीय युवाले काम नपाउने भन्दै कामका लागि विदेश पलायन हुने युवालाई रोजगारी दि न एक करोडभन्दा कमका आयोजनामा डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाले निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले प्राविधिक दृष्टिकोणले प्रयोग गर्नै पर्ने भएमात्रै डोजर चलाउने नत्र साना आयोजनामा बेरोजगार युवालाई काम गरिने जानकारी दिए। गाउँपालिकाले दुई बर्षको अवधीमा १२ सडक आयोजना अन्तर्गत एक सय ४२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ। थप तीन वटा सडकको ट्रयाक खोल्ने र स्तरोन्नती गर्ने काममा युवा परिचालन हुने उनको भनाइ छ। ‘गाउँका सडक आयोजनामा डोजरालाको एकाधिकार देखिएको छ। युवा भने काम नपाएर खाडीमुलुक र भारत जान थालेपछि डोजर प्रतिबन्ध गर्ने निर्णय गर्न बाध्य भएका हौं’, गाउँपालिका अध्यक्ष बस्नेतले भने।

वातावरणीय प्रभाव मुल्यांकनविना जथाभावी डोजर प्रयोग गर्दा पहिरोको जोखिम पनि बढेपछि सचेतना अपनाइएको उनको भनाइ छ। डोजर प्रतिबन्धको निर्णय नगर्न डोजर मालिक समेत रहेका केही जनप्रतिनिधिले कार्यपालिका बैठकमा विरोध गरेका थिए। कुशेका तीनजना वडाध्यक्ष डोजर मालिक छन्। वडा नम्बर–२ का अध्यक्ष जनकबहादुर शाही, वडा नम्बर–३ का अध्यक्ष तप्तबहादुर हमाल र वडा नम्बर–६ का अध्यक्ष अमरबहादुर शाहीले चुनाव जितेपछि डोजर किनेका हुन्।

गाउँपालिका भित्र खनिएका अधिकांश सडकमा उनीहरुकै डोजर प्रयोग गरिएका थिए। सडक खन्न डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णयलाई स्थानीयले स्वागत गरेका छन्। केही बर्ष यता गाउँमा डोजर भित्रिएपछि स्थानीयले काम पाउन छोडेका थिए। काम नपाउँदा उनीहरु कालापहाड (भारत) जान बाध्य थिए। स्थानीय रामचन्द्र शर्माले भने, ‘एकदमै राम्रो र जनपक्षीय निर्णय भएको छ।’ एक करोडभन्दा माथीका आयोजना टेण्डर प्रक्रियामार्फत हुने भएकाले ठुला आयोजनामा नागरिकले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.