मुक्तिक्षेत्रमा यार्तुङ महोत्सव

मुक्तिक्षेत्रमा यार्तुङ महोत्सव

मुस्ताङ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ पुराङ रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव २०७६ सुरु भएको छ। 'पर्यटन संस्कृति कृषि पशुपालन र गुणस्तरीय पूर्वाधार, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहिचान र समृद्धिको मुल आधार' भन्ने नारासहित महोत्सव सुरु भएको हो।

वारागुङ मुक्तिक्षेत्र तथा उपल्लो मुस्ताङमा यातुङ पर्व उत्साहपूर्ण रुपमा मनाउने चलन छ। कागबेनीदेखि उत्तरतर्फका विभिन्न समुदायको मौलिक सास्कृतिक पर्व यार्तुङ पर्व आआफ्नै ढङ्गले मनाइने भए पनि मुक्तिनाथ क्षेत्रमा हुने पर्वलाई महोत्सवका रुपमा मनाइँदै आएको छ।

बर्सेनी जनैपूर्णिमा तिथीमा मुक्तिनाथमा यार्तुङ महोत्सव संञ्चालन हुने गर्छ। स्थानीय भाषामा यारको अर्थ बर्खा र तुङको अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ। पर्वका बेला स्थानीय भेला भइ सास्कृतिक नृत्य, तारो हान्ने ,घोडा दौडाउन र स्वादिष्ट परिकार बनाएर खाने गर्छन्। स्थानीयका अनुसार यार्तुङको अर्थ नै बर्खायामको बिदाइ हो।
 
यार्तुङ महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे। मुख्यमन्त्री गुरुङले हिमाली जिल्ला मुस्ताङ ऐतिहासिक तथा धार्मिक दृष्टिले धनी जिल्ला भएको बताए। उनले धार्मिक तथा सांस्कृतिक विकासले मात्रै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उल्लेख गरे। मुस्ताङको पर्यटन विकासका लागि उपल्लो मुस्ताङमा जियोपार्कको सम्भाव्यता अध्ययन गरिने र आगामी १० वर्षभित्रै मुस्ताङ गण्डकी प्रदेशलाई गरिवीमुक्त प्रदेश बनाइने उल्लेख गरे।

कार्यक्रममा संघीय सांसद प्रेमप्रसाद तुलाचन ,प्रदेश सांसद महेन्द्रबहादुर थकाली ,वारागुङकी उपाध्यक्ष ढिकी गुरुङ,स्थानीय महिला समुहकी लक्ष्मी गुरुङ र क्लवका सल्लाहकार नाम्ग्याल वाङ्दी गुरुङले महोत्सवको औचित्य बारेमा प्रकाश पारेका थिए।

यार्तुङ महोत्सवमा सेभेन ए साइड फुटबल, तारो हान्ने खेल, परम्परागत घौडा दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम , खानाका परिकार, भेषभुषा प्रर्दशनी, कृषि उत्पादन तथा हस्तकाला प्रर्दशनी लगायतको कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए। महोत्सव ३० गतेसम्म संञ्चालन हुने छ। कार्यक्रमको संञ्चालन प्रशासकीय अधिकृत दिपक रेग्मीले गरेका थिए। कार्यक्रम वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तथा जनप्रिय युवाक्लवको संयुक्त आयोजनामा भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.