अमेरिकामा प्रियंकालाई ‘पाखण्डी’ भन्दै पाकिस्तान काण्ड उठाएपछि...

अमेरिकामा प्रियंकालाई ‘पाखण्डी’ भन्दै पाकिस्तान काण्ड उठाएपछि...

लस एन्जलस : पाकिस्तानको सवाल उठेपछि भारतीय अधिकांश कलाकार वाकयुद्धमै उत्रिन्छन् ।

भारतीय अभिनेत्री प्रियंका चोपडा पनि पाकिस्तानसँगको विषयमा विवादमा मुछिएकी छन् । उनको ट्वीट अभिव्यक्तिमाथि एक प्रसंशकले ‘पाखण्डी’ नै भनेर आलोचना गरेपछि विवाद उत्पन्न भएको हो ।

प्रियंका यही आइतबार लसएन्जलसस्थित स्टेजमा आफ्ना दर्शकको प्रश्नको जवाफ दिँदै थिइन् । सोही क्रममा एक महिला प्रसंशकले प्रियंकालाई प्रश्न सोधेकी हुन् । डेलीमेलका अनुसार ती महिला पाकिस्तानी थिइन् ।

प्रियंकाको राजनीतिक विचारमाथि नै उनले कडा प्रश्न गरेकी थिइन्, ‘मानवियताको सवालमा त्यो एक खालको कठोर प्रतिक्रिया थियो । मलाई थाहा छ, तिमी पाखण्डी छौ ।’ आयसा मलिक नामकी ती युवतीले प्रियंकाको गत फेब्रुअरीमा सार्वजनिक ट्वीटरमाथि टिप्पणी गरेकी थिइन् ।

प्रियंकाले पुलवामा हमलाको विषयमा व्यक्त गरेका विचारले पाकिस्तानविरुद्ध न्युक्लियर बमको लागि उक्साएको ती युवतीको भनाइ थियो । भारतले पुलवामामा हमला गरिरहँदा प्रियंकाले भने फेब्रुअरी २६ मा ‘जय हिन्द’ भन्दै ट्वीट गरेकी थिइन् ।

जब कि, उनले प्रियंकालाई फेब्रुअरीदेखि नै ट्वीटरमा प्रश्न सोध्दैआएकी थिइन् । तर ती युवतीलाई पूरा प्रश्न सोध्न दिइएन । प्रियंकाले भने आफ्ना विचारले यदी कसैलाई हानी पुर्याएको भए क्षमाप्रार्थी भएको भन्दै माफी समेत मागिन् । साथै प्रियंकाले आफ्ना थुप्रै पाकिस्तानी साथी भएको भन्दै आफ्नो विचारको बचाउ पनि गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.