सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्न निर्देशन

सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्न निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमालाई सबै जिल्लामा विस्तार गर्न निर्देशन दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित बीमा बोर्ड बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले चालु आर्थिक वर्षभित्र बीमा सेवालाई मुलुकभर पुर्‍याउने लक्ष्य रहेको बताए। 

बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीलाई निर्देशन दिँदै उनले ७७ जिल्लामा बीमा सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिए। ‘किन बीमा गराइराखेका छौँ त्यो पनि हेर्नुपर्छ र सेवा सुविधा दिने सरकारी अस्पताल कस्ता छन ? विचार पुर्‍याउन आवश्यक छ’, मन्त्री यादवले भने।

बैठकमा राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको विभिन्न क्षेत्रमा भएका काम कारवाहीका बारेमा जानकारी गराएका थिए। हालसम्म देशको ६ प्रतिशत जनतामा मात्र बीमाको पहँुच पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.