डोलेश्वरमा पर्यटनमन्त्री योगेश भट्टराई

डोलेश्वरमा पर्यटनमन्त्री योगेश भट्टराई

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन्। 

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा सोमबार पुगेका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। 

उनले यसका लागि आफ्नो तर्फबाट सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत आवश्यक सहयोग गर्ने बताए। मन्त्री भट्टराईले डोलेश्वर मन्दिरको अवलोकनका साथै पूजाआजा पनि गरे। 

सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको बताए। उनले नगरपालिकाले १० वटै वडामा रहेका शिवालयलाई समेटेर ‘शिव सर्किट’ निर्माण गर्न लागेको बताए। 

घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे (घरबास) देखि भ्यू टावरसमेत निर्माण गरिने उनले जानकारी दिए। रासस  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.