मानविकीको स्नातक अब चार वर्षे : पाठ्यक्रम स्वीकृत

मानविकीको स्नातक अब चार वर्षे : पाठ्यक्रम स्वीकृत

काठमाडौं : मानविकीमा अब चार वर्षे स्नातक सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डीनको कार्यालयमा बसेको बैठले यही शैक्षिक सत्रदेखि चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।  बैठकले चार वर्षे स्नातक तहको नयाँ पाठ्यक्रम स्वीकृतिसमेत गरेको छ। 

बैठकले २०७५ चैत २८ देखि २०७६ साउन १० गतेसम्म विद्यापरिषद्को स्थायी समितिले गरेको ४ बैठकका विभिन्न निर्णय अनुमोदनसमेत गरेको छ। सँगै बैठकले २०७५ चैत २८  देखि २०७६ साउनसम्म व्यवस्थापन समितिले गरेका विभिन्न निर्णयको अनुमोद गरेको हो। 

त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयले बहुउद्देश्यीय र वहुविषयगत पाठ्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए। उनले समाजका सम्पूर्ण माग एवं आवश्यकतालाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। 

कार्यक्रंममा मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. शिवलाल भुषालले निर्णयका विषयम विद्यापरिषद्का सदस्यले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै चार वर्षे स्नातक तहलाई व्यवस्थित पार्न सम्पूर्ण प्राज्ञिक समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए। 

इतिहास केन्द्रीय विभागका प्रमुख प्रा.डा. शंकर थापा, राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा रामकृष्ण तिवारी, मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा.डम्बरध्वज चेम्जोङ, अंग्रेजी केन्द्रीय विभागका प्रमुख डा.अनिरुद्र थापा, संस्कृति केन्द्रीय विभागका प्रमुख प्रा.डा नारायण प्रसाद गौतम, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनाल,  वौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज वालीलगायतले धारणा राखेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.