प्रधानमन्त्री दाहाल सिन्धुलीमा, बुधबार सुनकोसी-मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने

प्रधानमन्त्री दाहाल सिन्धुलीमा, बुधबार सुनकोसी-मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने
सुन्नुहोस्

सिन्धुली : प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार सिन्धुली आएका छन्। सुनकोसी-मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार हुने ‘ब्रेक थ्रु’का लागि प्रधानमन्त्री दहाल सिन्धुली आइपुगेका हुन्। 

नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार मध्यान्न सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोट आइपुगेका प्रधानमन्त्री आज यहीँ बस्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालसँग विभागीय मन्त्री तथा सचिवहरूको समेत सहभागिता छ। 

प्रधानमन्त्री दाहाल मुलकोटस्थित क्वालिटी वीच रिसोर्टमा बास बस्ने र बुधबार विहान ११ बजे सुनकोसी गाउँपालिका ७ स्थित कानढुंग्रीमा सुनकोसी-मरिण डाइभर्सनको ब्रेक थ्रु गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री दाहालको मंगलबार विश्रामको कार्यक्रम मात्र तय भएको र बुधबार विहान भने स्थानीय नेता-कार्यकर्तासँगको भेटघाट कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजन दाहालले बताए। प्रधानमन्त्री प्रदाहालसँग सुनकोसीलगायत समग्र जिल्लाको विकास निर्माणलगायतका विषयमा गाउँपालिकाले ध्यानकर्षण गराउने कार्यक्रम छ।

मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी-मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार ‘ब्रेक थ्रु’ गरिने भएको हो। आयोजनाको १३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका ७ कानढुंग्रीस्थित सुनकोसी नदी किनारामा सुरुङको ब्रेक थ्रु गर्न लागेका हन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.