कांग्रेसले उठाएको प्रश्नमा लामिछानेले जवाफ दिँदै, चित्त नबुझे अवरोध गर्ने

प्रतिनिधिसभा बैठक जारी (लाइभ)


काठमाडौं : प्रतिनिधिसभा बैठक जारी रहेको छ। संसदीय छानबिन समितिको कार्यादेश टुंगाउन बसेको कार्यदलको बैठक लम्बिएपछि बिहान ११ बजे र २ बजे हुँदै ४:३० बजेका लागि बोलाइएको बैठक भर्खरै बसेको हो।

बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन कांग्रेसलगायत विपक्ष दल तयार भएका छन्। सभामुखले बोल्न समय दिएपनि कांग्रेसले निरन्तर अवरोध गरेपश्चात गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि संसदबाट जवाफ दिन पाएका छैनन्। यस अगाडिको बैठकमा सांसदहरुबीच धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको थियो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख  छ।

यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय संसदनको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्सूची छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

उपप्रधान एवं गृहमन्त्री लामिछानले राजनीतिक दलसम्बन्धी 'दोस्रो संशोधन विधेयक २०८०' लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.