पाकिस्तानमा भारी वर्षा, १७ को ज्यान गयो
इस्लामाबाद : पाकिस्तानमा भारी वर्षाका कारण कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
कराँची सहरको दक्षिणी क्षेत्रका अधिकांश भूभाग वर्षाबाट प्रभावित भएका छन् । उद्वार अधिकारीका अनुसार कराँचीमा एउटा घर भत्किँदा तीनजनाको ज्यान गएको छ । घटनामा मृतकको संख्या बढ्नसक्ने अलजजिराले जनाएको छ ।