एपेक्सको वार्षिकोत्सव
काठमाडौं : एपेक्स कलेजले वार्षिकोत्सव मनाएको छ। कलेजले नेपाल प्रज्ञा प्रतिष्ठानमा कलेजले संगीत, नृत्य तथा मिस एन्ड मिस्टर एपेक्सलगायत कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।
समारोमा क्याप्टेन तथा नायक विजय लामा, नायक तथा व्यावसायिक कलाकार संजोग कोइराला, डिजाइनर युवी थापा, डेन्टल सर्जन तथा मोडल सूर्य थापा, उद्यमी प्रतिक अग्रवाललगायत उपस्थित थिए।