नेपाल–पेरू उवा संघको साधारणसभा
काठमाडौं : नेपाल–पेरू उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। नेपालका लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
साधारणसभामा बोल्दै अवैतनिक महावाणिज्यदूत अग्रवालले नेपाल र दक्षिण अमेरिकी मुलुक पेरूबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन नेपाल–पेरू उद्योग वाणिज्य संघको स्थापना गरिएको जानकारी दिए।
अहिले पेरूबाट नेपालले जिंक र आल्मुनियम आयात भइरहेको जानकारी दिँदै अग्रवालले नेपालबाट निर्यात गर्ने तथा नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पेरू उद्योग वाणिज्य संघका पदाधिकारीसँग यथाशीघ्र वार्ता गर्ने जानकारी दिए। आर्थिक र व्यावसायिक सम्बन्धलाई विस्तार गर्ने उद्देश्यले सन् २०१२ मा नेपाल–पेरू उद्योग वाणिज्य संघको स्थापना भएको हो।