एनसेल–धुलिखेल हस्पिटल सहकार्य

एनसेल–धुलिखेल हस्पिटल सहकार्य

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले धुलिखेल हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ। प्रविधिमा आधारित रहेर दुरदराजमा रहेका समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो।

यस पहलअन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ। सेवा खरिदका लागि एनसेलले आर्थिक सहायता पनि प्रदान गर्नेछ। धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदातालगायत कार्यक्रम सञ्चालन गर्न सहयोग प्रदान हुनेछ।

साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एन्ड हेल्थकेयर इन्फर्मेटिक्स सेन्टर’ स्थापना हुनेछ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स कार्यक्रम संचालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। डा. मकाजुले नेपालमा हेल्थ इन्फर्मेटिक्स सेन्टरको माध्यमबाट आधुनिक स्वास्थ्य सेवा प्रदान गरिने बताए।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जन समुदायलाई यस सहकार्यले ठूलो योगदान गर्ने उल्लेख गरे।

यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा सञ्चालन हुनेछ। टेलिमेडिसिनअन्तर्गत आठ सामुदायिक स्वास्थ्य केन्द्रबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा हस्पिटलका चिकित्सक तथा विज्ञसँग सिधै सम्पर्क गरी स्वास्थ्य सेवा प्रदान गरिनेछ।

यो कार्यक्रमले कुल १५ हजारभन्दा बढी घरधुरीमा सेवा पुर्‍याउनेछ। यो सहकार्य पाँच वर्षसम्म निरन्तरता दिने योजना छ। यसका लागि दुई वर्षपछि कार्यक्रमको मूल्यांकन पश्चात यो सम्झौतामा नविकरण हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.