शिक्षक १० हजार घुससहित पक्राउ
काठमाडौं : माध्यमिक विद्यालय रझेना घोराही दाङका शिक्षक गणेश केसी घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुससहित उनलाई नियन्त्रणमा लिएको हो।
शिक्षक केसी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उर्तीण गराइदिन सहजिकरण गरिदिने बहानामा परीक्षार्थीसँग घुस लिएका थिए।
प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घोराही उपमहानगरपालिका- १५ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।