सन्दीपले ट्वीट गरेपछि अमेरिकी दूतावासले 'भिसा रिभ्यू' गर्न भन्दै बोलायो फेरि

सन्दीपले ट्वीट गरेपछि अमेरिकी दूतावासले 'भिसा रिभ्यू' गर्न भन्दै बोलायो फेरि

काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि अमेरिकी प्रवेशाज्ञा लिन खोजेका क्रिकेटर सन्दीप लामिछानेलाई फेरि दूतावासले बोलाएको छ ।

क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले आफूहरु फेरि अमेरिकी दूतावास जान लागेको बताएका छन् । अमेरिकी दूतावासले लामिछानेलाई भिसा अस्वीकार गरेपछि उनले आफूलाई अचम्म लागेको भन्दै ट्वीट गरेका थिए ।

प्रधानमन्त्री, दूतावास लगायतलाई ‘मेन्सन’ गरेका उनलाई दूतावासले ‘रिभ्यू’का लागि बोलाएको बताइएको छ । शिवाकोटीका अनुसार उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावास फेरि गएका छन् । सन्दीपले पनि ट्वीट गर्दै 'समस्या समाधान' भएकाे बताए । यसकाे मतलब दूतावास उनीप्रति सकारात्मक भएकाे बुझिन्छ ।

पछिल्लाे जानकारी अनुसार अमेरिकी दूतावासले सन्दीपका कागजात फेरि संकलन गरेर राखेकाे छ । क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका थिए । तर भिसा अस्वीकार गरेपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.