कश्मीरमा दशकौँदेखि बस्दैआएका नेपाली खुसी

कश्मीरमा दशकौँदेखि बस्दैआएका नेपाली खुसी

काठमाडौं : भारतले कश्मीरको विशेषाधिकार खारेज गरिदिएसँगै कश्मीरका जनताबारे विभिन्न समाचार आए ।

परिवार र आफन्तको चिन्तामा रहँदै नेपालमै बसिरहेका कश्मीरीबारे पनि केही समाचार आए । यस्तैमा स्पटलाईटनेपाल नामको अंग्रेजी भाषाकाे अनलाईनले कश्मीरमा रहँदैआएका गोर्खाजबारे रिपोर्ट तयार पारेको छ ।

उक्त अनलाईनमा सोमबार प्रकाशन भएको समाचार अनुसार जम्मु–कश्मीरमा रहेका नेपालीभाषी भारत सरकारको निर्णयबाट खुसी छन् । कार्गिल युद्ध, भारत–चीन युद्ध सहित विभिन्न समयमा भारतीय सेनाको तर्फबाट लडाइँ गर्न गएका नेपाली युवाका सन्तान अहिले पनि जम्मु–कश्मीरमा बस्दैआएका छन् ।

यसरी उक्त क्षेत्रमा हजारौँको संख्यामा नेपाली समुदाय रहँदैआएका छन् । १ सय वर्षदेखि रहँदैआए पनि घर–जग्गा बनाउन नपाएका उनीहरुले सरकारको पछिल्लो निर्णयसँगै घर बनाउन पाउने हुँदा खुसीयाली मनाएका हुन् । कतिपयले त प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सपना पूरा गरिदिएकोमा धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.