निर्माणधिन होटलमा गार्डको शव भेटियो
झापा : झापाको बिर्तामोड-४ मा निर्माणाधिन एक होटमा मंगलबार बिहान शव फेला परेको छ।शव बिर्तामोड-७ का ४७ वर्षीय शशि शिवाकोटीको द्वारिका होटलमा शव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
होटलको पूर्वतर्फ रहेको १ तले घरको बरण्डामा शिवाकोटीको शव फेला परेको हो। प्रहरीका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा चोट छ भने आँखामा रगतको टाटा बसेको छ।
शरीरको विभिन्न भागमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनी २ दिनदेखि होटलमा गार्डको रुपमा काम गर्दै आएका थिए। मृतक शिवाकोटी कनकाई सेक्युरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएका हुन्।