फुटबलर स्नाइडरले खेल जीवनबाट लिए सन्न्यास

फुटबलर स्नाइडरले खेल जीवनबाट लिए सन्न्यास

आम्सटर्डम : नेदरल्यान्डका चर्चित फुटबलर वेस्ली स्नाइडरले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् ।

आफ्नो समयका चर्चित खेलाडी स्नाइडर पछिल्लो समय कतारको क्लब अल घाराफाबाट व्यावसायिक फुटबल खेल्थे । ३५ वर्षीय स्नाइडरले १७ वर्ष लामो खेलजीवनका क्रममा राष्ट्रिय टोलीसँगै थुप्रै चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

आक्रामक मिडफिल्डर स्नाइडरले डच क्लब आयाक्सबाट व्यावसायिक खेलजीवन सुरु गरेका थिए । सन् २००२ देखि सन् २००७ सम्म आयाक्समा बिताएपछि उनी स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए ।

त्यति बेला रियल म्याड्रिडले उनका लागि दुई करोड ३० लाख पाउन्ड खर्चिएको थियो । दुई वर्ष रियल म्याड्रिडमा रहँदा उनले क्लबका लागि ५२ खेल खेल्दै ११ गोल गरेका थिए ।

त्यसपछि सन् २००९ मा उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा आबद्ध भएका थिए । उमेर समूहको प्रतियोगिता हुँदै सन् २००३ मा डच राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका स्नाइडरले देशका लागि कीर्तिमानी रूपमा एक सय ३४ खेल खेलेका थिए । उनले नेदरल्यान्ड्सका लागि सन् २०१० को विश्वकप पनि खेलेका थिए । उक्त विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई स्पेनले हराएको थियो ।

खेलाडीका रूपमा सन्न्यास लिएपछि उनी अब प्रशिक्षकको भूमिकामा देखिने तयारीमा छन् । ‘अन्ततः मैले खेलाडीको भूमिकाबाट सन्न्यास लिने निर्णय गरेको छु । फुटबल मैदानमा बिताएका तीतामीठा क्षणहरू सधैं मेरो स्मरणमा जीवित रहनेछ’, सन्न्यास घोषणा गर्दै स्नाइडरले भनेका छन्, ‘आगामी दिनमा पनि म फुटबलबाट भने टाढा रहने छैन ।’ स्नाइडरले टर्कीको गालातसारे र फ्रान्सको नाइसबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.