कर्णालीका मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

कर्णालीका मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो ।

‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अन्नपूर्ण अनलाइनसँग भने । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतको ठहर छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.