औषधि किन्न श्रीमानसँग ३० रुपैयाँ माग्दा ‘ट्रिपल तलाक’
नयाँदिल्ली : भारतको उत्तर प्रदेशको हपुर जिल्लास्थित एक मुस्लिम महिलाले आफ्ना पतिसँग औषधिको लागि ३० रुपैयाँ माग्दा पतिबाट ‘ट्रिपल तलाक’ पाएको बताएकी छन् ।
ती महिलाकी आमाले छोरी बिरामी हुँदा श्रीमानसँग औषधिको लागि खर्च माग्दा विवाद भएपछि ट्रिपल तलाक पाएको बताएकी थिइन् । ‘मैले तीन वर्षअघि विवाह गरेकी हुँ । अहिले बिरामी भएपछि श्रीमानसँग ३० रुपैयाँ मागेँ तर उनी त चिच्याएर मलाई कराए । र ट्रिपल तलाक दिए,’ पीडित महिलाले भनेकी छन् ।
यसपछि उनलाई घरबाटै निकालिएको पनि पीडित महिलाको गुनासो छ । साथै उनले दुई सन्तानलाई पनि आफूसँगै लिएर घरबाट निस्किएको दावी गरेकी छन् । उनको यस्तो घटनाको उजुरी प्रहरीसम्म पुगेको छ ।