कुलमान आएपछि प्राधिकरण लगातार फाइदामा, गत वर्षको नाफा ७ अर्ब

कुलमान आएपछि प्राधिकरण लगातार फाइदामा, गत वर्षको नाफा ७ अर्ब

काठमाडौं : तीन वर्ष अगाडिसम्म वार्षिक ८ अर्ब घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण नाफामा जान थालेको छ। गत आवमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ।

प्राधिकरण ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो। कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भएपछि ७३/७४ मै एक अर्ब ५० करोड नाफामा जान सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

घिसिङ आएपछिका पछिल्ला तीन वर्षमा विद्युत् चुवाहट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारको प्रयासले प्राधिकरण नाफामा जान थालेको दाबी प्राधिकरको छ।

घिसिङ नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई एक अब ५० करोड, दोस्रो वर्ष दुई अर्ब ९० र तेस्रो वर्ष सात अर्ब २० करोड रुपैयाँ खुद मुनाफा भएको प्राधिकरणले जनाएको छ।

घिसिङ २०७३ को भदौमा प्राधिकरण प्रमुखका रूपमा नियुक्त भएका थिए।

प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद मुनाफा गरेको छ। करिब तीन अर्ब रुपैयाँको विद्युत् चुवाहट घटाउने सहितको कार्यबाट यसको नाफा अघिल्लो वर्षको तुलनामा चार अर्ब ३० करोड रुपैयाँले बढेको प्रतिवेदनमा उल्लेख छ।

बिजुली चुहावट १० प्रतिशतले घट्यो

बिजुली चुवाहट ५.१३ प्रतिशतले घटेको दाबी गरेको छ। २०.४५ प्रतिशतको बिजुली चुवाहटलाई घटाएर १५.३२ प्रतिशत बनाउन सफल भएको उल्लेख छ। यस्तो चुवाहट आव २०७२/७३ सम्ममा २५.७८ प्रतिशत थियो। पछिल्लो तीन वर्षमा प्राधिकरणले चुहावटलाई १०.४६ प्रतिशतले घटाउनको पनि प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

गत आवमा ५ प्रतिशत चुवाहट घट्दा मात्रै प्राधिकरणलाई करिब तीन अर्ब रुपैयाँ नाफा भएको प्राधिकरणको दाबी छ। प्राधिकरणले नाफा बढ्नुको अन्य कारण भने उल्लेख गरेको छैन।

अघिल्लो आवमा प्राधिकरणले जम्मा दुई अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तो नाफा गत आवमा १४९ प्रतिशतले बढेको जानकारी दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको प्राधिकरणको वार्षिक उपलब्धीको प्रेस वक्तव्य अनुसार प्रणालीमा सात अर्ब ५५ करोड युनिट बिजुली उपलब्धता भएको छ।

विद्युतीय सवारी र चुलोको प्रयोग बढाउने

पत्रकार सम्मेलनमा मन्त्री पुनले अब सरकारले विद्युतीय सवारी र चुलोमा प्राथमिकता दिने भएको छ। देशव्यापी रूपमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने र विद्युतीय चुलोको प्रयोग बढाउने गरी कार्यविधि बनिरहेको छ।

यो कार्यविधिपछि घरघरमा विद्युतीय चुलोको प्रयोग बढ्ने तथा विरतण संरचनाको कमजोरीलाई सुधार गर्ने मन्त्री पुनले बताए। उनले आगामी वर्ष थपिने एक हजार मेघँवाट विजुलीलाई देशभित्रै खपत गर्ने वातावरण बनाउने पनि बताए।

घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणको काम भएको र समग्र प्रणालीमै सुधारको प्रयास भएको पनि बताए। उनले भने, ‘देशैभर चुवाहट नियन्त्राका लागि अभियानकै रूपमा चालिनुले पनि उल्लेख्य लाभ भएको छ।'

२३ अर्बको बिजुली आयात

प्राधिकरणले गत आवमा २३ अर्ब तीन करोड रुपैयाँको बिजुली भारतबाट आयात गरेको छ। प्राधिकरणको कुल बिजुली उपलब्धता मध्ये ३७ प्रतिशत आयातबाट भएको हो। गत वर्ष प्राधिकरणले दुई अर्ब ८१ करोड युनिट बिजुली भारतबाट आायत गरेको तथ्यांकमा उल्लेख छ।

कुल बिजुली उत्पादनमा दुई अर्ब ५५ करोड युनिट प्राधिकरणको,  दुई अर्ब १९ करोड युनिट निजी उत्पादकहरूको छ। यस्तो उत्पादनमा प्राधिकरणको उत्पादन ३४ प्रतिशत छ भने निजी क्षेत्रको २९ प्रतिशत योगदान छ। विद्युत् खरिदमा प्राधिकरणले निजी उत्पादकलाई १४ अर्ब १३ करोड तिरेको छ।

३२ करोडको बिजुली निर्यात

प्राधिकरणले गत वर्ष तीन करोड ४७ लाख युनिट बिजुली निर्यात पनि गरेको छ। बिजुली निर्यातबाट प्राधिकरणले करिब ३२ करोड रुपैयाँ संकलन गरेको पनि उल्लेख छ।

प्राधिकरणले देशैभरी थ्री फेज मीटर तथा टीओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न थालेको छ। काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्ने काम पनि सुरु गरेको प्राधिरकणले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.