चीनमा एक लाख हतियार नष्टदेखि उत्तर काेरियाकाे साइबर आक्रमणमा यूएनकाे अनुसन्धानसम्म

चीनमा एक लाख हतियार नष्टदेखि उत्तर काेरियाकाे साइबर आक्रमणमा यूएनकाे अनुसन्धानसम्म

बेलायतले इरानी ट्यांकर छिट्टै रिहा गर्नसक्ने

तेहरान : बेलायतले कब्जा गरिराखेका इरानी तेल ट्यांकरहरु रिहा हुनसक्ने बताइएको छ । केही कागजी प्रक्रिया पूरा भएपछि बेलायतले ती ट्यांकर छिट्टै रिहा गर्नसक्ने इरानले जनाएको हो । बेलायतले इरानी सामान बोकेका ट्यांकर कब्जामा लिँदैआएको थियो । इरानी अधिकारीहरुले अन्तर्राष्ट्रिय मिडियासँग मंगलबार यसबारे जानकारी दिएका हुन् ।

भारतको केरलामा मृत्यु हुनेको संख्या ८८

नयाँदिल्ली : भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संख्या मंगलबार ८८ पुगेको छ । अन्य राज्यमा मौसम खुले पनि केरलामा बाढीको असर अझै छ । बाढीले भारतका विभिन्न स्थानमा गरी २ सय १० जनाको मृत्यु भइसकेको छ । यसमध्ये केरलामा ८८, महाराष्ट्रमा ४२, कर्नाटका र गुजरातमा ३१ जनाको मृत्यु भइसकेको छ । अगस्ट ८ देखि आएको बाढीमा ४० जना अझै बेपत्ता छन् । केरलालाई भने सरकारले जोखिमयुक्त क्षेत्र घोषणा गरेको छ ।

औषधि किन्न श्रीमानसँग ३० रुपैयाँ माग्दा ‘ट्रिपल तलाक’

नयाँदिल्ली : भारतको उत्तर प्रदेशको हपुर जिल्लास्थित एक मुस्लिम महिलाले आफ्ना पतिसँग औषधिको लागि ३० रुपैयाँ माग्दा पतिबाट ‘ट्रिपल तलाक’ पाएको बताएकी छन् । ती महिलाकी आमाले छोरी बिरामी हुँदा श्रीमानसँग औषधिको लागि खर्च माग्दा विवाद भएपछि ट्रिपल तलाक पाएको बताएकी थिइन् । घरबाटै निकालिएको पनि पीडित महिलाको गुनासो छ । उनले दुई सन्तानलाई पनि आफूसँगै लिएर घरबाट निस्किएको दावी गरेकी छन् ।

विश्वचर्चित गायकमाथि यौन शोषणको आरोप

स्पेन : स्पेनका चर्चित ओपेरा गायक प्लासिडो डोमिंगोलाई नौ महिलाले एकैचोटी यौन शोषणको आरोप लगाएका छन् । आरोप लगाउनेमध्ये आठजना गायिका नै हुन् भने एक ‘डान्सर’ हुन् । ७८ वर्षीय गायक प्लासिडोले आफ्नो ३० वर्षे करिअरको अवधिमा यौन शोषण गरेको कुरा एपीले जनाएको छ । डोमिंगो अहिलेसम्मकै सर्वोत्कृष्ट ओपेरा गायकमध्ये एक मानिन्छन् । ती महिलाका अनुसार डोमिंगोको गलत गतिविधिका कारण उनीहरुको करिअरमै नोक्सान परेको थियो ।

उत्तर कोरियाको साइबर आक्रमणबारे यूएनको अनुसन्धान

वासिङ्टन : उत्तर कोरियाले गरेको भनिएको साइबर आक्रमणबारे संयुक्त राष्ट्रसंघले अनुसन्धान गरिरहेको छ । राष्ट्रसंघीय विज्ञका अनुसार उत्तर कोरियाले १७ देशमा ३५ वटा साइबर आक्रमण गरेको हो । हतियारका लागि अवैध रुपमा रकम संकलन गर्न उसले यस्ता आक्रमण गरेको उनीहरुको भनाइ छ ।

बंगलादेशमा डेंगुका कारण ४० को मृत्यु

ढाका : बंगलादेशमा डेंगुका कारण ४० जनाको मृत्यु भइसकेको छ । मंगलबार सरकारले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । पछिल्लो समय देशभर हजारौंको संख्यामा डेंगुका बिरामी भएको बताइएको छ । यस्ता बिरामीहरुले गर्दा अस्पताल समेत खचाखच हुँदैआएका छन् । गत जनवरीदेखि ४४ हजार बिरामी अस्पताल भर्ना भइसकेका छन् ।

चीनमा एक लाख अवैध हतियार र विस्फोटक पदार्थ नष्ट

बेइजिङ : चिनियाँ प्रहरीले एक लाख ७ हजार अवैध हतियार र ठूलो संख्यामा विस्फोटक पदार्थ नष्ट गरेको छ । देशभरका एक सय ५४ सहरमा अवैध रुपमा राखिएका हतियार र विस्फोटक पदार्थ नष्ट गरिएको बताइएको छ । प्रहरीले गत वर्षदेखि नै यस्ता हतियार र पदार्थ नष्ट गर्दैआएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.