जंगली च्याउ खाँदा महिलाको मृत्यु

जंगली च्याउ खाँदा महिलाको मृत्यु

जाजरकोट : जंगली च्याउ खाँदा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ। बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो। 

सोमबार च्याउ खाएर बेहोस भएकी उनलाई उपचारका लागी जाजरकोट अस्पताल ल्याइएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहेलकुनामा मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

जंगलमा पाइने च्याउ पकाएर खाएका उनीसहित घरका तीन जना बिरामी परेका थिए। अन्य दुई जनालाई घरेलु उपचारपछि सञ्चो भएको छ। विशालु च्याउ खाँदा कुमाईको मृत्यु भएकोले चिकित्सकले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.