नेकपाको सचिवालय बैठक बस्दै : आज टुंगिएला विभाग ?

नेकपाको सचिवालय बैठक बस्दै : आज टुंगिएला विभाग ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभागको जिम्मेवारी फाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। पार्टी स्कुल विभागको नेतृत्वका विषयमा आन्तरिक विवाद मिल्न नसक्दा स्थगित भएको सचिवालय बैठक बुधबार बस्दैछ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सचिवालय बैठकबाट सबै कार्य विभाजन टुंगो लगाउँदैछौं',  श्रेष्ठले अन्नपूर्णसँग भने। ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएको भन्दै मंगलबार बस्ने भनिएको बैठक बुधबारलाई सारिएको थियो। 

साउन १३ गते बसेको बैठकमा विशेष कमिटी र सम्पर्क समिति बनाउने विषयमा छलफल भएपनि तयारी नपुगेको भन्दै टुंगो लागेको थिएन। त्यसपश्चात दुबै अध्यक्ष विदेश गएका थिए। बैठकमा  विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई दिएको थियो।

आजको बैठकमा महासचिवले कुल केन्द्रीय समिति (४४१) मध्ये कार्यविभाजन गर्न बाँकी १६६ नेताहरुको कार्यविभाजनका लागि उनीहरुको रुची बुझेर तयार पारेको परिमार्जित कार्यविभाजन प्रस्ताव बैठकमा प्रस्तुत गर्ने र त्यसैमा छलफल हुनेछ। उनीहरूलाई पार्टीले केन्द्रीय विभाग, प्रतिष्ठान, विशेष प्रदेश किमिटी, सम्पर्क विशेष कमिटी, २२ वटा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज लगायतको जिम्मेवारीमा खटाउन खोजेको छ।

नेकपामा अहिले पार्टी सचिवालय सदस्यहरु नै महत्त्वपूर्ण पार्टी विभागको नेतृत्व तोकेर बसेका छन्। वरिष्ठ नेता माधव नेपालले विदेश विभाग, झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान वा पाएमा स्कुल विभाग, वामदेव गौतमले संगठन विभाग, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले स्कुल विभागको नेतृत्व ताकेर बसेका छन्। स्कुल विभागमा स्थायी समितिवाट वेदुराम भुषाल, घनश्याम भुषाल, देवेन्द्र पौडेल, युवराज ज्ञावाली र केन्द्रीय सदस्य राम कार्कीले पनि दाबी गर्दै आएका छन्। 

प्रधानमन्त्री ओली सोमबार सिंगापुरबाट फर्किएपछि पार्टीमा विभाग प्रमुखको टुंगो लगाउनुअघि शीर्ष नेताहरुसँग परामर्श थालेका छन्। उनले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल र ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत पूर्वएमालेका नेताहरूसँग छलफल गरेका थिए। त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापालगायतका नेताहरूसँग ओलीले छलफल गरे। आज बैठक अगाडि पनि नेताहरुसँग छलफल गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.