व्यवसायिक भैंसी पालन
व्यवसायिकरुपमा पालिएका उन्नत जातका भैंसी । तनहुँको व्यासनगरपालिका–१३ गुँदीका ईश्वरराज पन्थले गाउँ फर्क कृषि उद्यम प्रालि दर्ता गरेर व्यवसायीक भैंसी पालन सुरु गरेका हुन्। करिब पाँचसय रोपनी क्षेत्रफल जग्गा तथा दश वटा दुहुनु भैंसी गरी करिब ५० लाखको लागतमा उक्त फर्म सञ्चालन गरेको कृषकको भनाइ छ । तस्बिर : सानेबहादुर नेपाली