नेकपा सचिवालय बैठक सरेको सर्‍यै

नेकपा सचिवालय बैठक सरेको सर्‍यै

काठमाडौं : सत्तारुढ नेकपाको बुधबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगन भएको छ। विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो।

बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ। नेकपा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ।

उक्त विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दावी गरेका छन्। यसअघि यही साउन १३ गते बैठक बसेको थियो।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन।

कार्यविभाजनमा कसको चासो कता ?

बैठकमा महासचिवले कुल केन्द्रीय समिति (४४१) मध्ये कार्यविभाजन गर्न बाँकी १६६ नेताहरुको कार्यविभाजनका लागि उनीहरूको रुची बुझेर तयार पारेको परिमार्जित कार्यविभाजन प्रस्ताव बैठकमा प्रस्तुत गर्ने तयारी थियो। उनीहरूलाई पार्टीले केन्द्रीय विभाग, प्रतिष्ठान, विशेष प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी, २२ वटा जनवर्गीय संगठनको इन्चार्ज लगायतको जिम्मेवारीमा खटाउन खोजेको छ।

नेकपामा अहिले पार्टी सचिवालय सदस्यहरू नै महत्त्वपूर्ण पार्टी विभागको नेतृत्व तोकेर बसेका छन्। वरिष्ठ नेता माधव नेपालले विदेश विभाग, झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान वा पाएमा स्कुल विभाग, वामदेव गौतमले संगठन विभाग, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले स्कुल विभागको नेतृत्व ताकेर बसेका छन्।

स्कुल विभागमा स्थायी समितिवाट वेदुराम भुषाल, घनश्याम भुषाल, देवेन्द्र पौडेल, युवराज ज्ञावाली र केन्द्रीय सदस्य राम कार्कीले पनि दाबी गर्दै आएका छन्। 

प्रधानमन्त्री ओली सोमबार सिंगापुरबाट फर्किएपछि पार्टीमा विभाग प्रमुखको टुंगो लगाउनुअघि शीर्ष नेताहरूसँग परामर्श थालेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि छलफलमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.