मुस्ताङमा यार्तुङ महोत्सव : घोडा दौडमा गुरुङ च्याम्पियन

मुस्ताङमा यार्तुङ महोत्सव : घोडा दौडमा गुरुङ च्याम्पियन

मुस्ताङ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तथा जनप्रिय युथ क्लब पुराङ रानीपौवाको संयुक्त आयोजनामा भएको यार्तुङ महोत्सव २०७६ को साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। लामो तथा छोटो दूरी गरी २ वटा विधामा प्रतियोगिता आयोजना भएको यार्तुङ आयोजकले जनाएको छ।

 घोडा दौडको लामो दूरीतर्फ चिम्ले अर्गानिक फार्मका कर्म गुरुङको घोडा कुदाएका नाम्क्या गुरुङ च्याम्पियन भएका छन् । यस्तै वीरबहादुर विक दोश्रो र सोनम लामाको घोडा कुदाएका तोप्चेन गुरुङ तेश्रो भए।

लामो दूरीको घोडा दौड च्याम्पियनले नगद ५० हजार रुपैया, प्रमाणपत्र र ट्रफि पाए। दोश्रो र तेश्रो हुनेले ३० हजार र  १५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे। यस्तै छोटो दूरीको घोडा दौडको च्याम्पियनमा ल्हाक्पा टसी -धारा  च्यामिपयन बने। यस्तै, वीरबहादुर विक र राजकुमार विक दोश्रो र तेश्रो भए।

उनीहरुले क्रमशः १५ हजार, १० हजार र तेश्रो हुनेले ५ हजारसहित ट्रफी र मेटल पाए।घोडा प्रतियोगितमा ७ जनाको टोली सहभागी थियो। झारकोटदेखि रानीपौवासम्मको करिब ३ किलोमिटर दूरीमा प्रतियोगिता आयोजना भएको वारागुङका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए।

घोडा दौड प्रतियोगिमा जमिनमा राखिएको खादा टिपेर घोडा कुदाउने कोशलता प्रर्दशन गरिएको थियो। यार्तुङ महोत्सवकै अवसरमा भएको सेभेन ए साइड फुटबल तथा परम्परागत तारा खेल (आर्चरी) प्रतियोगिता पनि बुधबार सकिएको आयोजकले जनाएको छ।

सेभेन ए साइड तर्फको फुटबल प्रतियोगितामा जनमुक्ति युवा क्लब ठिनी च्याम्पियन बनेको छ भने नर्साङ युथ क्लब छुसाङ उपबिजेतामै चित्त बुझायो। च्याम्पियन बनेको जनमुक्ति युथ क्लब ठिनीले नगद ५० हजारसहित ट्रफी र मेटल जित्यो भने उपबिजेता नर्साङ युथक्लब छुसाङले नगद २५ हजारसहित ट्रफी र मेटल हाता पार्‍यो।

प्रतियोगितामा कुल १२ टिमले सहभागीता जनाएका थिए।

यस्तै, हिमाली क्षेत्रको ऐतिहासिक परम्परागत लोकप्रिय तारा खेल (आर्चरी) प्रतियोगितामा म्याग्दीको दाना युथ क्लब दाना च्याम्पियन बन्यो। प्रतियोगितामा ढुम्बा युथक्लब ढुम्बा र मार्फा सनराईज युथ क्लब दोश्रो र तेश्रो भए। ६ जना खेलाडी सम्मिलित प्रतियोगितामा कुल १५ टिमले सहभागीता जनाएका थिए।

च्याम्पियन बनेको दाना युथले ६५ अंक, ढुम्बा युथले ५७ अंक र मार्फा सनराईजले ५७ अंक जोडेको थियो। तारा खेलका बिजेताले क्रमशः ५० हजार, ३० हजार र १५ हजारसहित ट्रफी र मेटल प्राप्त गरे।

प्राचीन कालमा हिमाली क्षेत्रका बासिन्दाले शिकार खेल्दा प्रयोग गरिने तारा हान्ने चलन पछिल्लो समय खेलका रुपमा विकास भएको हो। यार्तुङ महोत्सवमा आयोजित खेलको बिजेता टोलीलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले पुरस्कार र प्रमाणपत्र हस्तान्तर गरे। यार्तुङ महोत्सवमा स्थानीय भेषभुषा प्रर्दशनी, स्थानीय खानाका परिकार, लोपोन्मुख स्याब्रो नाच,याक सवार र साहसिक घोडा दौड प्रदर्शन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.