ट्रकले भाँचेको पुल मर्मत गर्न समय लाग्ने

ट्रकले भाँचेको पुल मर्मत गर्न समय लाग्ने

नवलपुर : ट्रकले भाँचेको अरुणखोला पुल मर्मत गर्न समय लाग्ने भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडकखण्डकको पूर्वी नवलपरासीस्थित मध्यबिन्दु नगरपालिकामा पर्ने पुलमा बुधबार बिहान ट्रक ठोक्किएको थियो।

तत्काल पुल मर्मत गरेर सञ्चालनमा ल्याउन ढिलाई हुने भएपछि पुल नजिक रहेको वैकल्पिक बाटो प्रयोग गरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ। खोलामा नदीजन्य पदार्थ लोड गर्न जाने ट्याक्टर हिँड्ने बाटोलाई वैकल्पिक रुपमा प्रयोग गरिएको हो। 

वैकल्पिक बाटो बाहेक अर्को स्थानमा पनि डाइभर्सन गरेर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।  डाइभर्सन बाटो बिहीबारसम्म तयार भएपछि दोहोरो सवारीसाधन सञ्चालनमा आउन सक्ने डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर हरि सुवेदीले बताए। निरन्तर पानी पर्‍यो भने वैकल्पिक बाटो र निर्माण गरिन लागेको डाइभर्सनबाट पनि सवारीसाधन सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।

ट्रकको ठक्करले पुलको ‘भल्टिकल मेम्बर’ भाँचिएको छ। जसका कारण पुलको एक भाग धस्सिएकाले सवारी साधन आवतजावत बन्द गर्नु परेको इन्जिनियर सुवेदीले बताए। ‘पुलको कुनै एउटा ‘भल्टिकल मेम्बर’ भाँचिएपछि अरु मेम्बर पनि क्रमशः भाँचिने सम्भावना हुन्छ।

भाँचिएको भाग नफेरेसम्म पुल सञ्चालनमा आउन सक्दैन’, सुवेदीले भने। पुलको अवस्था बुझेर मर्मत कार्यअघि बढाउन विभागबाट माथिल्ला प्राविधिक आउन लागेको उनले बताए। काम सुरु भएको दुई तीनदिनपछि मात्र पुल सञ्चालन हुने उनको भनाइ छ। 
 
 
   
  
 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.