गाउँपालिकाले दियो जनैपूर्णिमामा सार्वजनिक बिदा
अर्घाखाँची : छत्रदेव गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको छ । स्थानीय सरकारको अधिकार कार्यान्वयन गर्दै गर्दै रक्षा बन्धन तथा जनैपूर्णिमाको दिन बिहीबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हिन्दुहरुको पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।