हङकङमा बेइजिङले उतार्‍याे दलबलसहित सेना (भिडियाे)

हङकङमा बेइजिङले उतार्‍याे दलबलसहित सेना (भिडियाे)

एजेन्सी : चिनियाँ जनमुक्ति सेना दलबलसहित हङकङमा झरेकाे छ। १० हप्तादेखि जारी आन्दोलन दबाउन चिनियाँ सरकारले सेनाको ठूलो दलबल हङकङ झारेको हो। 

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा समेत दिएको छ। पटक–पटक चिनियाँ सेनाले प्रदर्शन दबाउने चेतावनी दिँदै आएकाे थियाे। पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि बेइजिङले आन्दाेलनलाई ‘आतंकवाद’को संज्ञा दिएको हो। 

चिनियाँ सेनाको दलबलसहित सीमामा तैनाथ रहेको गार्जियनको रिपोर्टमा उल्लेख छ। ‘चिनियाँ अधिकारीहरूले विरोध प्रदर्शनलाई आतंकवादी गतिविधिको रूपमा भर्सना गरेका छन्’, समाचारमा भनिएको छ,‘चिनियाँ अधिकारीले आन्दोलनकारीलाई ‘फलामको मुङ्ग्रो’ले जवाफ दिने समेत चेतावनी दिएका छन्।’

हङकङमा प्रस्ताव गरिएकाे सुपुर्दगी विधेयकबाट सुरु भएकाे याे आन्दाेलन अहिले चीनकाे केन्द्रीय सत्तालाई पनि भारी परेकाे छ। ‘प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुने गरेका छन्। प्रदर्शनकारीका माग प्रष्ट हुन नसक्दा र भिडन्त चर्किँदै जाँदा उनीहरुबारे फरकफरक टिप्पणी हुन थालेका हुन्। 

सोमबार आन्दोलनकारीले नियमित उडान नै ठप्प पार्ने गरी एयरपोर्ट मै प्रदर्शन गरेका थिए। अन्तराष्ट्रिय मिडियाका अनुसार एयरपोर्टमा अहिले हजारौंको संख्यामा प्रदर्शनकारी छन्। जसका कारण सडक र एयरपोर्ट पूरै ठप्प छ।

जनमुक्ति सेनाको दलबल भिडियाे :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.