४७ हजार घुससहित पक्राउ
काठमाडौं : नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उपवितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट) सुस्ता पश्चिमका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी ४६ हजार ५५५ रुपैयासहित पक्राउ परेको हुन् ।
थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुसलिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरुलाई कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।