अन्‍नपूर्ण पोस्ट्, डेमोला र किङ्स् कलेजबीच सहकार्य

अन्‍नपूर्ण पोस्ट्, डेमोला र किङ्स् कलेजबीच सहकार्य

काठमाडौं : निजी कम्पनी, सरकारी तथा गैर सरकारी संस्थाभित्र रहेका समस्या पहिचान गरी समाधानको उपाय समेत खोज्न सक्रिय विश्वव्यापी संस्था डेमोला ग्लोबल र अन्‍नपूर्ण मिडिया नेटवर्कबीच संयुक्त रुपमा कार्य सञ्चालन गर्ने सम्झौता भएको छ।

डेमोलाले नेपालमा कार्य सञ्चालनबारे घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा अन्‍नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत मानस घिमिरे र डेमोला ग्लोबलका क्रियटिभ निर्देशक जेरी वेजम्यानबीच हस्ताक्षर भएको छ।

बुधबार नै डेमोलाले अन्‍नपूर्ण पोस्ट्सँगै योङ इनोभेसन, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्पसँग पनि सम्झौता गरेको छ।

किङ्स् कलेजसँगको साझेदारीमा डेमोलाले बुधबार औपचारिक रुपमा राजधानीमा कार्यक्रम गरेर सेवा प्रारम्भ गरेको घोषणा गरेको छ। विश्वका १६ वटा राष्ट्रमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुले भोगिरहेका वा भविष्यमा भोग्न सक्ने समस्याको पहिचान तथा उपायको खोजी गर्दछ।

डेमोला ग्लोबलका अनुसार सुरुमा अध्ययनका लागि पहिचान गरिएका संस्थाभित्र रहेका समस्याबारे संस्थाका कर्मचारी तथा विद्यार्थीहरू मिलेर ८ हप्तासम्म अध्ययन गर्छन्।

किङ्स् कलेजका एजुकेसन डिजाइर तथा फ्याकल्टी उद्गम खड्काका अनुसार पहिलो चरणमा कम्पनी वा संस्थाहरूका समस्याको पहिचान हुन्छ भने दोश्रो चरणमा समस्याको सम्भाव्य नवीन र सिर्जनात्मक समाधानका विकल्पको खोजी गरिन्छ।

‘यो प्रयासले हाल विद्यमान नेपाली शैक्षिक संस्था तथा समाज एवं सरोकारवाला संस्थाबीचको दूरी कम गर्न मद्दत गर्ने विश्वास लिएका छौँ', कलेजका प्राचार्य नरोत्तम अर्यालले भने। अर्यालका अनुसार डेमोलाले थुप्रै युरोपियन मुलुक, जापान र चीनमा समेत सफलता हासिल गरिसकेको छ।

‘डेमोलामार्फत नेपालमा पनि निजी कम्पनी तथा सार्वजनिक क्षेत्रका समस्या समाधान गरी उनीहरूको भविष्यको सम्भावनाको ढोका खोल्न यो सम्झौता प्रभावकारी हुनेछ’, अर्यालले भने, ‘विद्यार्थी र औधोगिक क्षेत्रबीच संयुक्त प्रयास र ज्ञान आदानप्रदानको संस्कृति निर्माणमा पनि यसले मद्दत पुर्‍याउनेछ।’

डेमोलाका अनुसार विद्यार्थी र सम्बन्धित कम्पनी वा संस्थाको कर्मचारी बाहेक यस परियोजनामा डेमोला ग्लोबलका विज्ञहरू तथा विश्वविद्यालयका प्राध्यापकहरूले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन्।

डेमोला नेपालको कार्यसञ्चालन सुरुवात घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित फिनिस दूतावासकी काउन्सलर काटी भोसले औद्योगिक क्षेत्रले भोगिरहेका समस्या समाधानको लागि शिक्षामा आधारित अनुसन्धानमा जोड दिनपर्ने बताइन्।

‘विश्वमा औधोगिक क्षेत्र मात्र नभएर समाजिक क्षेत्रका समस्या समाधानका लागि समेत नयाँ ढंगको सोचको खाँचो छ। यसका लागि विश्वविद्यालय र औधोगीक क्षेत्रको साझदारी अपरिहार्य रहेको छ’, भोसले भनिन्।

परियोजना संयोजक स्वेच्छा राजभण्डारीका अनुसार नेपाली विद्यार्थीहले डेमोला ग्लोबल संचालन भएका अन्य राष्ट्रमा गएर पनि काम गर्न पाउनेछन् भने अन्य राष्ट्रका विद्यार्थीले पनि नेपालमा आएर योगदान पुर्‍याउन सक्छन्। यस परियोजनाबाट लाभ लिन चाहने कम्पनी तथा संस्थाका लागि वर्षमा चार पटक आवेदन आह्वान गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.