शिक्षामन्त्रीसँग दुई सचिवको 'कार्यसम्पादन सम्झौता'

शिक्षामन्त्रीसँग दुई सचिवको 'कार्यसम्पादन सम्झौता'

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र विज्ञान प्रविधि सचिवसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र विज्ञान प्रविधि सचिव कृष्णराज बिसिसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पाखरेल लगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन्। कार्यक्रममा मन्त्री पोखरेलले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पु¥याउने बताए। उनले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिए।

आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको अन्त्य गरी बजेट अनुसार तत्काल काम गर्न उनले निर्देशन दिए। छोटो समयमा नतिजा दिनेगरी काम गर्न पनि उनले अनुरोध गरे। कार्यसम्पादन सम्झौता ‘प्रक्रिया’ को रुपमा मात्रै नबुझ्न उनले चेतावनी दिए। 

‘कार्यसम्पादन सम्झौता’ पछि सचिवद्वय बराल र बिसिले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उचो राख्न उच्च मनोवलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सचिवद्वयले पनि आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेपछि मन्त्री पोखरेलले पनि सचिवदेखि अधिकृतस्तरका कर्मचारीसँग सम्झौता गर्ने योजना बनाएका हुन्।

सम्झौतामा कसले के काम गर्ने, कति महिनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख छ। सम्झौतापछि सबैले कार्यतालिका अनुसार काम गर्नुपर्ने वाध्यकारी व्यवस्था छ। सम्झौता अनुसार काम भए÷नभएको सम्बन्धमा मन्त्री पोखरेलले सबै निकायका प्रमुखसँग चौमासिक बैठकमा जानकारी लिनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.