सांसदलाई डेंगु : बिरामी उपचारका लागि राजधानीमा

सांसदलाई डेंगु : बिरामी उपचारका लागि राजधानीमा

काठमाडौं : प्रदेश ५ का सांसद आइपी खरेललाई डेंगु भएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ। नेकपा बाँके जिल्ला अध्यक्षसमेत रहेका खरेल मात्र होइन राजधानी बाहिरका बिरामी पनि उपचारका लागि आउने क्रम बढेको छ।

मकवानपुर, धादिङका बिरामी बढी आउन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए। अस्पतालमा अहिले मकवानपुर जिल्लाका ८ जना उपचारत छन्। 

धादिङका २ जना बिरामी पनि केही दिन अघि उपचार गराउन आएको डा. बास्तोलाले बताए। उपचारका लागि काठमाडौं आउने बिरामीको शुक्रराज अस्पतालमा नै उपचार हुने गरेको छ।

अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मकवानपुर र धादिङ्गबाट डेंगुको बारेमा काउन्सिलिङ्गका लागि युवा आइरहेको बताए। ‘डराउँदै सल्लाह लिन आउनेहरु बढेका छन्,’ डा. पुनले भने।

राजधानीमा पनि जोखिम 
एडिस एजेप्टी जातको लामखुट्टे काठमाडौंमा पनि पाइन्छ। त्यसैले डेंगुको जोखिम राजधानीमा पनि भएको चिकित्सकको भनाइ छ। आर्थिक वर्ष २०७५/०७६ को साउनसम्ममा काठमाडौंमा १६ डेंगुका बिरामी फेला परेको रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

गत वर्ष २०७४/०७५मा डेंगुका १६ विरामी फेला परेका थिए। डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि एक साताभित्र लक्षण देखा पर्ने महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए।

डेंगु भएका व्यक्तिलाई लामखुट्टेले टोक्दा बिरामीको रगतमा भएका डेंगुका भाइरस लामखुट्टेमा सर्ने डा. लाल बताउँछन। डेंगुबाट संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले काठमाडौं उपत्यका डेंगुको जोखिममा रहेको जनाएको छ। रोग नियन्त्रण महाशाखा र डब्लूएचओका विज्ञसहितको टोलीले हालै गरेको अध्ययनमा राजधानीमा डेंगु फैलाउने लामखुट्टे रहेको पत्ता लागेको हो। शुक्रराज अस्पतालमा क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुनले भने, ‘डेंगु फैलाउने लामखुट्टेको बासस्थान भएकाले राजधानीमा डेंगुका बिरामी भेटिनु अनपेक्षित होइन। राजधानीबासी डेंगुको जोखिममा छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.