राप्रपा राष्ट्रवादी शक्ति हो : कमल थापा

राप्रपा राष्ट्रवादी शक्ति हो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले  देशभर प्रशिक्षण संचालन गर्न केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएका छन्। 

केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले देशको तरल अवस्थाबारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको बताए। 

‘पार्टीबारे भ्रम छरिएको छ, एजेन्डा बारे अफबाह छन्, यी सबैलाई चिर्ने जिम्मा तपाईहरुको हो’, थापाले प्रशिक्षकहरुलाई भने ‘तपाईहरुको काँधमा ठूलो जिम्मेवारी छ, त्यो इमान्दारीपूर्वक निर्वाह गर्नुहोस्।’ 

थापाले देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकलाई दृढ भएर प्रस्तुत हुन जोड दिए। ‘तपाईहरु अध्यनशिल बन्नुहोस्, चिन्तन र विश्लेषण गर्नुहोस्’, थापाले भने, ‘राप्रपाले बोकेको उन्नत विचारलाई आत्मविश्वासी भएर कार्यकर्ता र जनतामा राख्नुहोस्।’ 

थापाले राप्रपा परिवर्तन विरोधी शक्ति नभएको प्रष्ट पार्न उनले निर्देशनसमेत दिए। ‘राप्रपा राष्ट्रवादी शक्ति हो, प्रजातन्त्रवादी शक्ति हो’, थापाले भने, ‘निरन्तरतासहितको परिवर्तनमात्र शक्तिशाली हुन्छ।’ 

 कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा , महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतको उपस्थिति थियो। भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७५३ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.