संगीता र सञ्जु बेस्ट लिफ्टर

संगीता र सञ्जु बेस्ट लिफ्टर

काठमाडौं : तेस्रो सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा सिनियरतर्फ पुलिसकी संगीता राई र जुनियरतर्फ पुलिसकै सञ्जु चौधरी बेस्ट लिफ्टर भएका छन्। काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोस्रो दिन क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाइन्। उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन्। सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ र कुलमा १७० केजी चार उचाल्दै स्वर्ण जितिन्। एपीएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ६० केजी गरी कुल ११५ केजी उठाउँदै रजत दाङकी कल्पना चौधरीले स्नाचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५० गरी कुल ९० केजी भार बहन गरिन्।

८१ केजीमा पुलिसकी लक्ष्मी वनले तीन राष्ट्रिय कीर्तिमान राखिन्। उनले आठौं राष्टिय खेलकुदमा राखेको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन्। उनले स्नाचमा ६५, क्लिनमा ८३ र कुल १४८ केजी भार बहन गर्दै तीनै विधामा कीर्तिमान बनाएकी हुन्। यसअघि उनको नाममा ६४, ८२ र कुल १४६ केजीको कीर्तिमान थियो। त्रिभुवन आर्मी क्लबकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरी कुल १२३ केजी उठाउँदै रजत जितिन्।

सिनियरकै ८७ केजीमा पुलिसकी विद्या राईले क्लिन एन्ड जर्कमा ७६ केजी उठाउँदै नयाँ कीर्तिमान बनाइन्। उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधार गरेकी हुन्। राईले स्नाचमा ५३ केजी र कुलमा १२९ केजी भार बहन गरिन्। उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरी कुलमा ८० केजी उठाउँदै रजत पाइन्।

८७ केजीमाथिको तौलमा आर्मीकी अस्मिता राईले स्नाचमा ५८ र क्लिनमा ७० गरी कुल १२८ केजी भार उठाउँदै तीनै विधामा कीर्तिमान राखिन्। यसअघि उनले आठौंमा ५३, ६८ र कुलमा १२१ केजीको कीर्तिमान राखेकी थिइन्। नेपाल पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरी कुलमा १२० केजीका साथ रजत पाइन्।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश केसीले स्नाचमा १०६ केजी र क्लिन एन्ड जर्कमा १२५ गरी कुल २३१ भारका साथ तीन विधामा राष्ट्रिय कीर्तिमान बनाए। उनले आठौं राष्ट्रिय खेलकुदमा १०३, १२२ र २२५ केजीको कीर्तिमान राखेका थिए। वीरगन्ज युनाइटेडका निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घर्तीमगरले ६०, ७१ र कुल १३१ केजीका साथ कांस्य पाए। सिनियरतर्फ आर्मीका जीवन तामाङले स्नाचमा ८३, स्नाचमा १०८ र कुल १९१ केजीका साथ स्वर्ण, आर्मीकै सन्तोष थपलियाले ८३, १०७ र १९० केजीका साथ रजत र कास्कीका धनबहादुर झाँक्रीमगरले ८५, ९८ र १८३ केजीका साथ कांस्य पाए।

पुरुषको ७३ केजी जुनियरमा वीरगन्जका सजरुद्धिन आलमले स्नाचमा ७३ क्लिनमा ५२ र कुलमा १६५ केजीका साथ स्वर्ण, एपीएफका सुलभ बस्नेतले ७३, ८२ र कुल १५५ केजीका साथ रजत तथा वीरगन्जकै सुनीलकुमार सर्राफले ३५, ४५ र कुल ८० केजीका साथ कांस्य पाए। सिनियरतर्फ आर्मीका यज्ञबहादुर सारूले स्नाचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीका साथ स्वर्ण, आर्मीकै हेमनारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ कांस्य पाए।

पुरुष ८१ केजी तौलमा पुलिसका विकास थापाले तीन कीर्तिमान राखे। उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय कीर्तिमान राखे। उनले आफैंले आठौं राष्ट्रिय प्रतियोगितामा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै कीर्तिमान राखेका हुन्। उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १३६ केजी भारका साथ कीर्तिमान कायम गरे। उनले कुलमा २५० केजीबाट तौल बढाई २५६ केजीका साथ राष्ट्रिय कीर्तिमान राखे। जुनियरमा बाँकेका सुरज वैश्यले स्नाचमा ८०, क्लिनमा १०१ र कुल १८१ केजीका साथ स्वर्ण, कञ्चनपुरका विकास भट्टले ७०, ९२ र १६२ केजीका साथ रजत तथा सञ्जय यादवले ५५, ८३ र कुल १३८ का साथ कांस्य पाए।

८९ केजी तौलमा आर्मीका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए। उनले आठौंमा क्लिन एन्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई कीर्तिमान बनाए। कार्कीले स्नाचमा १०५ केजी भार बहन गरे। पुलिसका ओम प्रकाश वैश्यले स्नाचमा १०५ केजी भारका साथ कीर्तिमान बनाए। वैश्यले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले।

जुनियरमा बाँकेका अश्विन सोनीले स्नाचमा ६२, क्लिनमा ६५ र कुल १२७ केजी उचाल्दै स्वर्ण जिते।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.