पाकिस्तानी कुटनीतिज्ञले राष्ट्रसंघीय कार्यक्रम छोडेर हिँडेपछि...

पाकिस्तानी कुटनीतिज्ञले राष्ट्रसंघीय कार्यक्रम छोडेर हिँडेपछि...

न्यू योर्क : संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानकी आवासीय प्रतिनिधि मालिहा लोधीले आफू सहभागी कार्यक्रम नै छोडेर हिँड्नु पर्‍यो। कारण थियो- कार्यक्रमकै एक सहभागीको प्रश्न। ती व्यक्तिले लोधीलाई भ्रष्टाचारी आरोप लगाउँदै कार्यक्रमको बीचमै अवरोध गरेका थिए। उनको आरोप थियो- 'तिमी चोर हौ र पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य छैनौ।'

ट्‍विटरमा सार्वजनिक भिडियोमा लोधी आफूलाई पाकिस्तानी दाबी गर्ने ती व्यक्तिको प्रश्नबाट पन्छिदै राष्ट्रसंघीय कार्यक्रम छोडेर हिँडेको देखिन्छ।

पत्रकारहरूलाई सम्बोधन गर्न लागेकी यी कुटनीतिज्ञलाई आक्रोशित जस्ता लाग्ने ती व्यक्तिले जवाफ दिन एक मिनेट छ कि छैन भन्दै सोध्दै गरेको भिडियोमा सुनिन्छ। तर उनले जवाफ नपर्खी फेरि सोधेका छन्- 'विगत १५/२० वर्षमा तिमीहरूले के गरेका छौँ ? तिमीहरूले हाम्रो प्रतिनिधित्व गरेका छैनौ।'

लोधीले ती व्यक्तिलाई रोकिन आग्रह गरेकी छन् र भनेकी छन्- यो कुनै प्रश्न सोध्ने तरिका हो ? तर उनले आफू पाकिस्तानी भएको र प्रश्न सोध्नु गैरकानुनी नभएको तर्क गरेका छन्।

Pakistan’s permanent representative to the United Nations Maleeha Lodhi countered with: "What are you doing for us...in the last 20 years what have you done?" pic.twitter.com/kq1PhkfZgX

— Naila Inayat नायला इनायत (@nailainayat) August 12, 2019

लोधी पनि प्रश्न गर्ने व्यक्तिसँग आक्रोशित भएकी छन्। उनका प्रश्नको जवाफ नदिने भन्दै उनले कार्यक्रम छोडेर हिँडेकी छन्। हलबाट निस्कन लागेका बेला पनि ती व्यक्तिले आक्रोश पोखेका छन्- 'तिमीहरूले हाम्रो पैसा लुटेका छौ। तिमीहरू चोर हौ। तिमीहरूलाई पाकिस्तानको प्रतिनिधित्व गर्ने कुनै अधिकार छैन।'

ती व्यक्तिले उनलाई पछ्याउने पनि कोसिस गरेको तर कार्यक्रममा सहभागी अरु व्यक्तिले सम्झाइबुझाइ गरेको इकोनोमिक टाइम्सको समाचारमा उल्लेख छ। लोधी निस्कनै लाग्दा ती व्यक्तिले चिच्याउँदै भनेका छन्- 'तिमीहरूलाई लाज लाग्नुपर्ने। तिमीहरूले यतिका वर्षदेखि हाम्रो पैसा लुटिरहेका छौ।'

लोधी दुई पटक अमेरिकाका लागि पाकिस्तानी राजदूत रहिसकेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.