वरिष्ठ साहित्यकार मदनमणि दीक्षित रहेनन्

वरिष्ठ साहित्यकार मदनमणि दीक्षित रहेनन्

काठमाडौं : वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्। उनी ९७ वर्षका थिए। 

दीक्षितले 'माधवी' उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। यही साल यो कृतिले साझा पुरस्कारसमेत पाएको थियो। 

२०१४ सालदेखि पत्रकारिता थालेका मदनमणि दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाए । उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो ।  

उनको पहिलो रचना 'कसले जित्यो कसले हार्‍यो' कथा  वि.सं. २०१९ मा 'रूपरेखा' मा प्रकाशित भएको थियो। उपन्यास, कथासंग्रह, संस्मरण, निबन्ध जस्ता उनका थुप्रै कृति प्रकाशित छन्।

उनका मुख्य कृतिमा माधवी (उपन्यास, २०३९), चरैवेति (निबन्ध संग्रह,२०४४), त्यो युग (निबन्ध संग्रह, २०४७), हाम्रा ती दिन (निबन्ध, २०२९),  म रुँदै बिर्सन्छु (संस्मरण, २०२७) हुन्।

दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन्। नाति अवनीलाई उद्धृत गर्दै  दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राससले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.