विप्लव चाँडै मुलधारमा : मुख्यमन्त्री राई

विप्लव चाँडै मुलधारमा : मुख्यमन्त्री राई

उदयपुर : प्रदेश-१का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा चाँडै मुलधारको राजनीतिमा आउने दाबी गरेका छन्। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश-१को प्रथम अधिवेशन उद्घाटन गर्दै बिहीबार मुख्यमन्त्री राईले विप्लवलाई मुलधारमा ल्याउन पहल भइरहेको बताएका हुन्। 

‘बलिदानी पूर्ण संर्घषबाट नेपाली जनताले ठुलाठुला उपलब्धहरु पाइसकेका छन्,’ उनले भने, ‘प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समुहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन्।’ 

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका गतिविधिहरु देश र जनताको हितमा नभएको तर्क समेत उनले गरे। ‘जनतालाई प्रतिकुल हुने कुनै गतिविधि प्रदेश सरकारलाई स्वीकार्य छैन, त्यसैले संविधानलाई आत्मसाथ गरी मुलधारको राजनीतिमा फर्कन आह्वान गर्दछु’, उनले भने।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.