२३३ यात्रु बोकेको जहाज मकैबारीमा आपतकालीन अवतरण

२३३ यात्रु बोकेको जहाज मकैबारीमा आपतकालीन अवतरण

मस्काे : २ सय ३३ जना यात्रु बोकेको एउटा रुसी जहाज मस्को नजिकै आपतकालीन अवतरण गराइएको छ ।

चराहरुको हूल जहाजको इन्जिनमै ठोक्किँदा दुबै इन्जिन बन्द भएपछि आपतकालीन अवतरण गराउनु परेको बताइएको छ । उरल एयरलाइन्सको ए ३२१ एयरबस २ सय २६ यात्रु र सातजना चालकदलका सदस्यसहित मस्कोको जुकोब्सकी एयरपोर्टबाट सिम्फेरोपोल एयरपोर्टका लागि उँडेको थियो ।

‘चराका कारण दुबै इन्जिन बन्द भए । यसैले गर्दा रनवेबाट एक किलोमिटर टाढा नै अवतरण गराउनुपरेको हो,’ एयरलाईन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी आपतकालीन रुपमा मकैको खेती गरिएको जमिनमा नै जहाज अवतरण गराइएको हो । इन्जिन अफ भएपछि तत्कालै मकै खेती भएको खुला जमिनमै अवतरण गराइएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिका सहित २३ जना घाइते भएका छन् । स्थानीय मिडियाले यस्तो अवतरणलाई ‘चमत्कारिक रुपमा गराइएको अवतरण’ भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.