विप्लव कार्यकर्ताले गरे वडाध्यक्षलाई दुर्व्यवहार

विप्लव कार्यकर्ताले गरे वडाध्यक्षलाई दुर्व्यवहार

बेनी : म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई बिहीबार कार्यकक्षमै दुर्व्यवहार भएको छ। प्रतिबन्धित विप्लप समूहका कार्यकर्ताले थापाको अनुहारमा कालो मोसो दलेर चप्पलको माला लगाएका हुन्। 

भ्रष्टाचार, राजस्व संकलनमा विभेद, बजेट वितरणमा मनोमानीलगायतका पदको दुरुपयोग हुने किसिमका गतिविधि गरेकाले ‘जनकारबाही’ गरिएको नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपा म्याग्दीले जनाएको छ। 

व्यवहार सुधार गर्न दिएको अनुरोध र चेतावनीको बेवास्ता गरेकाले कारबाही गरेको उसले जनाएको छ। 

विहान दश बजे कार्यालय पुगेलगत्तै वडाध्यक्षको कार्यकक्षमा प्रवेश गरेका ४ जना अपरिचित पुरुषको समूहले दुर्व्यवहार गरेका थिए। दुर्व्यवहार हुदाँ कार्यालयमा वडा अध्यक्ष थापा र कार्यालय सहयोगी मात्र थिए। 

उनीहरुले वडाध्यक्ष थापाको साथमा रहेको मोबाइलसमेत लुटेर लगेका छन्। म्याग्दीका प्रजिअ ज्ञानराज ढकालले दुर्व्यवहार  गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताए। 

यसैबीच सत्तारुढ नेकपाका जिल्ला स्तरका नेताले वडाध्यक्ष थापामाथि अराजनीतिक व्यक्तिहरुले अमानवीय व्यवहार गरेको भन्दै भत्र्सना गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.