अमेरिकी प्रशासनलाई गुगलका कर्मचारीले दिए खुला चेतावनी
वासिङ्टन : गुगलका ३ सय ५० भन्दा धेरै कर्मचारीले अमेरिकी सीमाक्षेत्रमा कार्यरत निकायसँग काम नगर्ने चेतावनी दिएका छन् ।
उनीहरुले हालै कम्पनीलाई खुला पत्र लेखेर अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा रहेका भन्सार, सुरक्षा लगायत एजेन्सीसँग काम नगर्ने अडान लिएका हुन् । गुगलका ३ सय ६५ कर्मचारी र ३५ जना सहयोगीले बुधबार यसरी कम्पनीलाई नै खुला पत्र लेखेका थिए ।
उनीहरुले अध्यागमन, भन्सार, शरणार्थी पुनस्र्थापना कार्यालयले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै काम नगर्ने बताएका हुन् । सीमा क्षेत्रस्थित ती कार्यालयले मानवअधिकार उल्लंघन नरोकेसम्म आफूहरुले प्राविधिक सहायता नगर्ने उनीहरुको अडान छ ।