मुक्तिनाथ जनैपूर्णिमाकाे राैनक (फोटोफिचर)
मुस्ताङ : जनैपूर्णिमाको दिन मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा तिर्थालुको घुँइचो लाग्यो। हिन्दू तथा बौद्ध धर्मालम्बी त्यहाँ पुग्छन्।
मुक्तिनाथ मन्दिर विहानैदेखि दर्शनके भीड लागको थियो। मुक्तिनाथ पुग्ने विभिन्न धार्मिक मानिसहरुले आ–आफ्नै तरिकाले पूजापाठ र दर्शन गरेका छन्। मन्दिरमा पुग्ने तिर्थालुले मुक्तिकण्ड तथा १०८ धारामा स्नान गरे।
मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले मुक्तिनाथमा आउनेलाई टिका लगाई रक्षा बन्धन गरे। रक्षा बन्धन तथा मुक्तिनाथको दर्शनका लागि श्रद्धालुहरु विहानैदेखि पंक्तिवद्ध भएर बसेका थिए।