समयमा उपचार नपाउँदा जंगली च्याउ खाएका आमाछोराको मृत्यु

समयमा उपचार नपाउँदा जंगली च्याउ खाएका आमाछोराको मृत्यु

जाजरकोट : जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ।  बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० वर्षीया मनमाया कुमाई र उनका १३ वर्षीय छोरा योगराज कुमाईको च्याउ खाँदा मृत्यु भएको हो। 

आमा मनमायालाई उपचारका लागि नेपालगञ्ज लाने क्रममा मंगलबार सुर्खेतको मेहेलकुनामा मृत्यु भएको प्रहरीले जनाएको छ। छोरा योगराजको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए।
 

जंगलबाट ल्याएको च्याउ गत २५ साउनमा खाएका थिए। च्याउ खाएको भोलिपल्ट बिहान आमाछोरा दुवैलाई उल्टी आउन थालेपछि केही घण्टा हिँडेर सेपुखोलामा रहेको स्वास्थ्य चौकी गए। औषधि नभएपछि स्वास्थ्य चौकीले जिल्ला अस्पताल रिफर गरिदियो। त्यसपछि उपचारका लागि जाजरकोट अस्पताल ल्याएको थियो। अस्पतालमा पनि विषालु च्याउ विरुद्धको औषधि नभएकोले उनीहरुलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिदियो।

थप उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहेलकुनामा मंगलबार आमाको र बुधबार छोराको उपचारको सिलसिलामा नेपालगञ्जमा मृत्यु भएको आफन्त रामचन्द्र ज्योतीले बताए। विषालु च्याउ खाँदा उनीहरुको मृत्यु भएकोले चिकित्सकले जनाएका छन्। 

'समयमै उपचार पाएको भए बचाउन सकिने थियो', जाजरकोट अस्पतालका डा. औसरसिंह राठौरले भने,‘अस्पताल पुर्याउँदासम्म बिरामीको अवस्था अन्तिम भैसकेको थियो। औषधि र उपकरण पनि थिएन त्यही भएर रिफर गरेका हौँ।’

स्थानीय यमबहादुर बस्नेतका अनुसार मृतकका पति कल्से कुमाई कमाउन भारत(कालापार) गएका छन्। दुई छोरा छोरी अध्ययनका लागि सदरमुकाम खलंगा बस्छन्। घरमा आमाछोरा मात्र थिए। जंगलबाट ल्याएर पकाएर खाएको च्याउ विषालु भएपछि आमाछोरा दुवैको ज्यान गयो। 

भौगोलिक विकटता र घरमा अरु मानिस कोही नहुँदा उनीहरुले समयमा उपचार नपाएको बस्नेतले बताए। जिल्ला अस्पताल च्याउ खाएको दुई दिनपछि पुगेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.