नेकपा सचिवालय बैठक फेरि स्थगित, कारण-प्रधानमन्त्रीको स्वास्थ्य

नेकपा सचिवालय बैठक फेरि स्थगित, कारण-प्रधानमन्त्रीको स्वास्थ्य

काठमाडौं : तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक बिहीबार पनि अन्तिम समयमा स्थगित भयो। कारण भनियो– प्रधानमन्त्रीको स्वास्थ्य अवस्था। 

नियमित स्वास्थ्य परीक्षणपछि सोमबार आठ दिनको भ्रमण सकेर सिंगापुरबाट फर्केका प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी गराइएको छैन। 

‘प्रधानमन्त्रीको स्वास्थ्य थोरै प्रतिकुल भएका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित भयो। तर, स्वास्थ्य अवस्था सामान्यै छ ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सामान्य सरसल्लाह र छलफल भयो। हामीले प्रधानमन्त्रीलाई आराम गर्नुहोस् भन्यौँ।’ बिहीबार बिहान ९ बजेबाट विवादित समाधान गर्न नेताबीच बालुवाटारमा अनौपचारिक छलफल भएको थियो। 

१८ गते उपचारका लागि भन्दै प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। त्यहाँ पनि पूर्वनिर्धारितभन्दा तीन दिन बढी बसेर फर्किए। 

उपचार गरेर फर्किएका ओलीले विमानस्थलमा केही प्रतिक्रिया दिएनन्। उनले आफू ठीक रहेको र केही समयमा थाहा पाउने भन्दै टारे। लगत्तै ट्वीट गरेर उनले आफ्नो अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका थिए। 

नेकपामा पोलिटब्यूरो गठन, विभाग गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिनेलगायत विषयमा सहमति हुन बाँकी छ। 

नेकपामा स्कुल विभाग विवादमा छ। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका छन्। 

साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन। प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको हो। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो। 

बिहीबार बिहानैदेखि नेताहरु विवादित विषयको समाधान खोजी गर्न छलफलमा थिए। छलफलमै नेताबीच चर्काचर्कीसमेत भएको थियो। यद्यपी बिहीबारको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण बस्न नसकेको नेकपा स्रोतले बताएको छ। अर्को बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।प्रधानमन्त्रीलाई ज्वरो आएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ ।  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.