हप्ता उठाउने प्रहरीविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हप्ता उठाउने प्रहरीविरुद्ध मुद्दा दायर गरेको छ ।
बालुवा, गिटी–ढुङ्गा ढुवानी गरेवापत प्रत्येक सवारीसाधानसँग २÷२ हजार रकम असुली गर्ने प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिएर आउने क्रममा राजमार्गमा पर्ने हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत जवान भट्टराईले हप्ता उठाउने गरेको अनुसन्धानबाट खुलेको थियो ।
उनलाई घुस लिदालिदै अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता एवं सचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।