बिदा मनाउन दक्षिण अफ्रिका जाने चार देशका नागरिकलाई 'फ्रि भिसा'
केपटाउन : दक्षिण अफ्रिकाले पर्यटन प्रवर्धन गर्न चार मुलुकका नागरिकका लागि भिसा छुट दिएको छ ।
बिहीबार यहाँको सरकारले आर्थिक संकट र पर्यटक घटिरहँदा पर्यटक बढाउन यस्तो घोषणा गरेको हो । बिदा मनाउन दक्षिण अफ्रिका जाने कतार, साउदी अबर, यूएई र न्युजिल्याण्डका नागरिकले भिसा लिनु पर्दैन ।
गृहमन्त्री डा. आरोन मोत्साओलेदीका अनुसार अप्रिल र मे महिनामा विदेशी पर्यटकको क्रम १० प्रतिशत भन्दा धेरैले घटेको छ ।