उत्कृष्ट प्रविधिमा भिभो एस वान

उत्कृष्ट प्रविधिमा भिभो एस वान

काठमाडौं : चिनियाँ कम्पनी भिभोले नेपाली बजारमा नयाँ उत्पादन भिभो एस वान सार्वजनिक गरेको छ। परिष्कृत भर्जनमा बजारमा ल्याएको उक्त स्मार्टफोन प्रविधिका आधारमा उत्कृष्ट छ। मध्यमस्तरको मोबाइलका रूपमा बजारमा भित्रिएको यो स्मार्टफोनको बजार मूल्य ३४ हजार ६९० रुपैयाँ तोकिएको छ।

डिजाइन र प्रयोगका आधारमा फोन आकर्षक र छरितो छ। यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। एआई प्रविधिमा आधारित उक्त फोनले सेल्फी लिँदा बस्तुको स्वतः पहिचान गरी उत्कृष्ट फोटो प्रदान गर्छ। फोनमा क्याप्चर योर स्टाइल ट्यागलाइन छ। यसले स्टाइलिस र सधैं नयाँ ट्रेन्डसँग रमाउने चाहने युवा वर्गलाई प्रतिनिधित्व गर्ने जानकारी कम्पनीले दिएको छ।

भिभो एस वानमा ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज क्षमता (रोम) छ। एप डाउनलोड गर्न, गेम खेल्न र फोटो तथा भिडियोसहित गीत संगीत संग्रह गर्न स्मार्टफोनमा दिइएको र्‍याम र रोमले सहज हुनेछ। फोनको सुरक्षाका लागि फेस रिडर, फिंगर प्रिन्ट स्क्यानिङ र प्याटर्नसहित सुविधा छ। फोनको स्क्रिनमै फिंगर प्रिन्ट सुविधा छ। जसले फोनको प्रयोगमा सहज बनाएको छ।

मोबाइल प्रयोगकर्ताले यसको सेटमा सिम प्रयोग गर्दै आवश्यक भाषा छनोट गर्न पाउनेछन्। यो सेटमा विभिन्न प्रकारको भाषा रहेकाले प्रयोगकर्ताले आफू अनुकूल भाषा छनोट गरेर मोबाइल सेट प्रयोग गर्न सक्नेछन्। मोबाइलमा धेरै भाषा प्रयोग भएकाले सुरुमा सेट गर्दै ध्यान दिनुपर्छ। आवश्यकता अनुसार जतिबेला जुनसुकै भाषा प्रयोग गर्न सकिने भए पनि नबुझिएको भाषा सेट भयो भने समस्या हुन सक्छ।

यो फोनमा रहेको स्मार्टफोन स्क्रिन टच आईडी, सुपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनसहित विशेषताले मोबाइलको प्रयोग सहज बनाउँछ। यो स्मार्टफोन हाल तीनवटा रंगमा सार्वजनिक गरिएको छ। डायमन्ड, ब्ल्याक र स्काइलाइन ब्लू कलर्स अप्सनमा यो फोन उपलब्ध छ।

यो फोन जीएसएम, एचएसपीए र एलटीई प्रविधिको हो। यसमा टूजी, थ्रीजी र फोरजी सुविधा छ। यो फोन सन् २०१९ को जुलाईमा बनेको हो। यसमा दुईवटा सिमकार्ड प्रयोग गर्न सकिन्छ। यसमा आन्तरिक क्षमताबाहेक थप स्टोरेजका लागि २५६ जीबीसम्मको अतिरिक्त मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।

भिभो एस वानमा ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज क्षमता (रोम) छ। यसले एप डाउनलोड गर्न, गेम खेल्न र फोटो तथा भिडियोसहित गीत संगीत संग्रह गर्न सहज हुनेछ।

मोबाइलको प्रमुख विशेषतामा यसमा रहेको ट्रिपल क्यामेरा हो। यसमा सामान्य प्रयोग हुने क्यामेराका लागि १६ मेगापिक्सेल वाइड, ८ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ। यसको फिचरमा एलईडी फ्ल्यास, एचडीआर र पानारोमा छ।

साउन्ड क्वालिटीमा अब्बल यो मोबाइलमा लाउड स्पिकर सुविधा छ। मोबाइलको स्क्रिन लाइटलाई आवश्यकता अनुसार घटाउन÷बढाउन सकिन्छ। आवाज रेकर्ड गुणस्तरीय भएका कारण पनि यो प्रयोगकर्ताका धेरै उपयोगी छ। ट्रिपल क्यामेरालाई आवश्यकता अनुसार प्रयोग गर्न सकिने हुँदा क्यामेरामा रहेको फोटो इडिटसहितको विशेषताले मोबाइललाई थप उपयोगी बनाएको छ।

मोबाइलको प्रमुख विशेषतामा रहेको स्टायलिस डिजाइन, स्मार्ट क्यामेरा, फुल स्क्रिन, क्लियर भिजुअल एक्सपिरियन्स र भरोसायोग्य पर्फर्मेन्ससहित सुविधाले मोबाइल प्रयोगलाइ आन्ददायी बनाउँछ। यसका साथै भिभो एस वानमा अल्ट्रा गेम मोड र स्क्रिन टच आईडीजस्ता थप विशेषताका कारण मोबाइलको उपयोग थप प्रभावकारी बन्नेछ।

पावरफुल स्मार्टफोन एक्सपिरियन्स प्रदान गर्न यो मोबाइलमा ४५ सय एमएएचको ब्याट्री पावर छ। यसमा ड्युल इन्जिन फास्ट चार्जिङ मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ। यसले मोबाइलको ब्याट्री बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ मोबाइललाई लामो समयसम्म चलाइरहन सकिन्छ।

यो भिभो एस वानमा एन्ड्रोइड ९.० पाइमा आधारित फनटच ओएस ९ अपरेटिङ सिस्टम छ। यसले स्मार्ट बटन र एआई जोभी फिचरको सुविधा दिएको छ। मल्टी टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिङ मोडको सुविधा यो फोनमा छ। जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको पर्फर्मेन्सलाई सहज बनाउँदै ब्याट्री लाइफ बचाउने काम गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.