टेलिकमको नाफा घट्यो

टेलिकमको नाफा घट्यो

काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नाफा अस्वाभाविक रूपमा घटेको छ। नेपाल टेलिकमले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। २०७५/७६ को वित्तीय विवरणअनुसार टेलिकमको नाफा २०७४/७५ को तुलनामा सात अर्ब २७ करोड २७ लाख रुपैयाँले घटेको छ।

सर्वाधिक बजार पुँजीकरण भएको र सरकारी स्वामित्वको ९२ प्रतिशत सेयर रहेको यो कम्पनीको नाफा केही वर्षदेखि निरन्तर घटिरहेको छ। टेलिकमले वार्षिक रूपमा कमाएको नाफा १० अर्ब देखिए पनि अघिल्लो वर्षको तुलनामा यसको नाफा ४१ दशमलव ६१ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ।

टेलिकमले २०७५/७६ को एक वर्षमा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यस्तो नाफा २०७४/७५ मा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ रहेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ भने सञ्चित कोषमा ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ राखिएको छ। टेलिकमले एक वर्षमा सेवा बिक्रीबाट ३६ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ कमाएको छ। यस्तो कमाई टेलिकमको अघिल्लो वर्षको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले घटेको छ। अघिल्लो वर्ष टेलिकमको यस्तो आम्दानी ३९ अर्ब दुई करोड ३२ लाख थियो।

टेलिकमले उपभोक्ताबाट सेवा प्रयोग गरेबापत लिएको शुल्कबाट मात्रै पछिल्लो तीन महिनामा नौ अर्ब २७ करोड ८७ लाख रुपैयाँ र अन्य स्रोतबाट भएको एक अर्ब ७२ करोड ७४ लाख गरी कुल आम्दानी ११ अर्ब ६२ लाख रुपैयाँ छ। यो आम्दानीमा टेलिकमले कर्मचारी, सञ्चालन तथा मर्मत, बिक्री प्रवद्र्धन बजारीकरण, नियामक निकायको शुल्क, वार्षिक नवीकरण शुल्क, विदेशी विनिमयमा खर्चिएको शुल्कसहित खर्च गरेपछि ब्याज, कर, गतिह्रास अगाडिको नाफा ६ अर्ब १७ करोड रहेको उल्लेख छ। यसमा आयकरअघिको नाफा तीन अर्ब ७६ करोड रुपैयाँ देखिएको छ। यसपछिको कुल मुनाफा दुई अर्ब ३७ करोड मात्रै रहेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

टेलिकमको आम्दानी घट्नुमा फिक्स लाइन टेलिफोन पीएसटीएन र एडीएसएलको प्रयोग कम हुँदै जानु पनि एउटा कारण हो।

अन्तर्राष्ट्रियस्तरमै टेलिकम क्षेत्रमा भ्वाइस र एडीएसएलतर्फको आम्दानी घटेकाले त्यसको प्रभाव नेपालमा पनि परेको छ। भ्वाइस र एडीएसएलका प्रयोगकर्ताबाट हुने आम्दानी घटेकाले आम्दानीमा कमी आएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

उनका अनुसार टेलिकमको आम्दानी घट्नुमा फिक्स लाइन टेलिफोन पीएसटीएन र एडीएसएलको प्रयोग कम हुँदै जानु पनि एउटा कारण हो। यस क्षेत्रको योगदान कम हुने क्रम जारी रहेको उनको भनाइ छ। गत वर्ष टेलिकमले इजाजतपत्र नविकरण गर्दा ४ अर्ब रुपैयाँ बुझाएको छ। यसको प्रभाव नाफामा परेको हो।

टेलिकमको गत वर्षदेखि कर्पोरेट ट्याक्स ५ प्रतिशत बढेको छ। यस्तो कर २५ प्रतिशतबाट ३० प्रतिशत पुगेकाले यसबाट टेलिकमलाई करिब एक अर्ब रुपैयाँको भार बढेको छ। यो रकमले नाफालाई प्रभावित पारेको टेलिकमको भनाइ छ।

टेलिकमका अनुसार एडीएसएलबाट ४८ करोड र पीएसटीएनबाट मात्रै ३५ करोड रुपैयाँले नाफा घटेको छ। यसका साथै टेलिकमले रिचार्ड कार्डमा कमिसन दिने गरेकोमा पछिल्लो समय डिस्काउन्ट दिएरै कार्ड बिक्री गरेको छ। जसको प्रभाव नाफासँग जोडिन पुगेको उल्लेख छ।

टेलिकमको नेपाल स्टक एक्सचेन्जमा १५ करोड कित्ता सेयर सूचीकृत छ। यसको सेयरलाई जम्मा एक सय रुपैयाँका दरले मूल्यांकन गर्दा १५ अर्ब रुपैयाँ छ। बुधबार भएको कारोबारअनुसार प्रतिसेयर मूल्य ६ सय ८६ रुपैयाँका दरले टेलिकमको बजार मूल्य एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ छ। टेलिकमको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ९४ पैसा छ। यसको गत वर्षको औसत सेयर मूल्य ६९३ रुपैयाँ थियो। यसको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउनमा सार्वजनिक गरेको गत जेठसम्मको तथ्यांकअनुसार टेलिकम प्रयोगकर्ता दुई करोड २४ लाख ६४ हजार ४६५ छन्। यसमा सबैभन्दा बढी हिस्सा मोबाइल प्रयोगकर्ताको छ। टेलिकमका मोबाइल प्रयोगकर्ता जीएसमएम (पोस्टपेड/प्रिपेड) र सीडीएमए मात्रै दुई करोड १६ लाख छन्। यसमा दुई करोड १० हजार पोस्टपेड तथा प्रिपेड र १६ लाख ५५ हजार सीडीएमएका प्रयोगकर्ता छन्।

टेलिकमको इन्टरनेट तथा मोबाइल डाटासहितको ब्रोडब्यान्ड सुविधा लिनेको संख्या ९१ लाख ५६ हजार छ। यसमा सबैभन्दा बढी इन्टरनेटको प्रयोग मोबाइल डाटाबाटै हुन्छ। प्रयोगकर्ता र मोबाइल इन्टरनेटको प्रविधि पनि बढेकाले मोबाइल इन्टरनेटको प्रयोग बढेको देखिन्छ। टेलिकमको मोबाइलबाट डाटा प्रयोग गर्नेमा थ्रीजीका ग्राहक ७० लाख ९२ हजार, फोरजीको सात लाख ८१ हजार र ईभिडिओका एक लाख ३६ हजार प्रयोगकर्ता छन्। टेलिकमको सेवा प्रयोग गरेर तारसहितको इन्टरनेटको एडीएसएल प्रयोगकर्ता १० लाख ३७ हजार, केबल तथा एफटीटीएच १८ हजार र ताररहित सेवाअन्तर्गत वाइम्याक्सको प्रयोगकर्ता ८८ हजार रहेको प्राधिकरणको तथ्यांंक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.