ग्रामीण वित्तीय पहुँचमा ईसेवा

ग्रामीण वित्तीय पहुँचमा ईसेवा

काठमाडौं : ईसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्न ईसेवा फोनपे र यूके एडको सक्षम (एक्सेस टू फाइनान्स) बीच सहमति भएको छ। सहमतिको सम्झौतापत्रमा ईसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष सापकोटा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौताले स्थापित गरिएका ईसेवा क्यास पोइन्टले डिजिटल माध्यममार्फत ग्रामीण उपभोक्तालाई वित्तीय सेवा प्रदान गर्नेछ। वित्तीय सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न यसले थप सहज बनाउने उल्लेख छ।

ईसेवाका सीईओ सापकोटाका अनुसार डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रका बासिन्दालाई वित्तीय सेवामा पहुँच प्रदान गर्न थप सहयोगी बन्न खोजिएको हो। यूके एडको सक्षमसँग साझेदारीमा डिजिटल प्रविधिमार्फत वित्तीय पहुँच बढाउन सकिने विश्वास लिइएको छ। ईसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्दै ग्रामीण भेगमा सेवा विस्तार गर्ने सापकोटाले बताए। बढी कारोबार लागत भएका सेवाको विकल्प क्यास पोइन्ट हुन सक्छ। यसबाट वित्तीय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा बढाउन सक्ने दाबी सापकोटाको छ।

सक्षम एक्सेस टू फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौताबमोजिम सञ्चालन भैरहेको एक कार्यक्रम हो। यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझदारीमा कार्यान्वयन गरिरहेको उल्लेख छ। ईसेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको इजाजत प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। ईसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको दाबी ईसेवाको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.